• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?


काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन

गरिएको जानकारी दिए ।समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ ।भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत

तुलसी दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एकसाथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट दिवस र घिमिरे पुरस्कृत हुन लागेका हुन् ।पुरस्कारको राशी १ लाख रुपैयाँ छ । समितिले प्रत्येक २/२ वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ । घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको थियो । तर, कोरोना माहामारीका कारण पुरस्कार प्रदान गर्न कार्यक्रम रोकिएको थियो । २०७८ सालको पुरस्कार संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवसलाई दिन लागिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

१९९८ असारमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएका थिए । उनी नेपालकै कान्छा प्राज्ञ हुन् । सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए भने संस्कृतिको अनुसन्धान पनि अगाडि बढाएका थिए ।लामो समय प्राध्यापकमासमेत बिताएका दिवसले विभिन्न जातजाती र संस्कृतिको अनुसन्धान गरेका छन् । त्यहीबीचमा दिवसमा गेस्ट कल्चरल प्रोफेसर भएर विभिन्न देश तथा प्रख्यात विश्वविद्यालयमा गए ।जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जन देशमा लोकवार्ता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसकि कविताएँजस्ता कृतिहरु प्रकाशित छन् ।

दिवसले सन् १९७४ र १९७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६/१९७७ र १९९६ मा जापानको टोकियो विश्व विद्यालयबाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरेका हुन् ।त्यसरी नै उनले गाकुसुमन विश्वविद्यालय टोकियो जापानबाट लोकवार्ता शास्त्रमा पोष्ट ग्राजुएट डिप्लोमाको शिक्षा पनि हासिल गरेका छन् । दर्जनौं पुरस्कार, पदक र सम्मानबाट पुरस्कृत दिवस २४ वर्षको उमेरबाटै प्राध्यापन थालेका थिए ।घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील हुँदै आएकी छन् । ‘घिमिरेले महिला बेचबिखन तथा सशक्तिकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ । उहाँको योगदानको कदर र महिला सशक्तिकरणका क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्न यस वर्षको पुरस्कार घिमिरेलाई दिने निर्णय भएको छ,’ समितिका सचिव तीर्थले भने, ‘कोभिडका कारण प्रदान गर्ने मिति तलमाथि भएको छ ।’

२००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयवाट सन् १९७० मा अर्थ शास्त्रमा एम.ए. र १९७५ मा त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेकी छिन् । २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील छिन् ।मानव अधिकार, चेलिबेटी बेचबिखनको विरुद्धको अभियानमा सबैभन्दा पहिला राष्ट्रिय रुपमा वहसको विषय बनाई उठान गर्ने पहिलो व्यक्तिका रुपमा घिमिरेलाई हेरिन्छ । २०४४ सालमा एबीसी. नेपाल नामक गैरसरकारी संंस्थाको स्थापना गरी महिला बेचबिखनविरुद्ध लागेकी थिइन् । घिमिरेले हालसम्म ३ हजारभन्दा बढी चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गरी उनीहरुको जीवनलाई रुपान्तरण गर्न सफल भएकी छन् ।

महिला उत्थान लगायतका क्षेत्रमा उल्लेखनीय काम गरे वापत घिमिरेले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरष्कार प्राप्त गरेकी छन् । घिमिरेले अधिकार क्षेत्रमा विभिन्न माध्यमबाट कलम पनि चलाउँदै आएकी छन् ।विन्ध्यवासिनी क्षेत्र विकास समितिले प्रथम पटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । दोस्रो पटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पाएका थिए ।पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानबाट संस्थापित तथा समितिवाट सञ्चालित छ ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार