• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमालेको विधान महाधिवेशनको भब्य उद्घाटन, तस्बिरमा हेर्नुस्


पार्टीको आगामी नीति तय गर्न नेकपा एमालेको पहिलो विधान महाधिवेशन सुरु भएको छ।ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा जारी
महाधिवेशनमा देशभरका ६ हजार प्रतिनिधि सहभागी छन् । निर्धारित समयभन्दा करिब एकघण्टा ढिलो सुरु भएको सम्मेलनको एमाले अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ति बालेपछि

विधान महाधिवेशनको लोगो अनावरण गरेर उद्घाटन गरेका हुन् ।महाधिवेशनको पहिलो दिन शीर्ष नेताहरुको मन्तव्यसहित राजनीतिक, सांगठनिक र विधान संशोधन गरी तीनवटा दस्तावेज पेश छलफलका लागि पेश हुनेछन् । पेश भएका दस्तावेज दोस्रो दिन समूहगत छलफल हुनेछ । महाधिवेशनमा अध्यक्ष मण्डलसहित तोकिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार