• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमालेको नेतृत्वमा ओली रहदा सम्म हामीले चुनाव जितिँदैन : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताएका छन् । शनिबार ललितपुरमा
आयोजित पार्टी कार्यक्रममा उनले अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।केपीको हातमा नेतृत्व छ र उनले फेरि

एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्’ एमालेको नेतृत्वमा ओली रहदा सम्म हामीले चुनाव जितिँदैन उनले भने, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने ।’प्रचण्डले अघि भने, ‘छाती खोलेर भन्नु… हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन् भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं ।’अध्यक्ष प्रचण्डले तत्कालिन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध आक्रमण गरेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताए ।अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गरेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरे आफ्नो पार्टीले एमाले विरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए । उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।’

अध्यक्ष दाहालले देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमाले विरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क समेत गरे । केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको दाहालले दोहोर्याए । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउँदै उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया दिए ।

अध्यक्ष दाहालले भने, ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरूसँग सहकार्य भएको छ ।’ उनले भने, ‘मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइन । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस भनेर शेरबहादुरजीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार