• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमालेमा १५ पदाधिकारी रहने, केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ वटा मापदण्ड !


नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ ।आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५
सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित

प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास पौडेलले लिए । ‘कम्युनिस्ट पार्टीमा पदाधिकारी चयन सजिलो हुँदैन, मैले १३ जनाको पदाधिकारी प्रस्ताव गरेको थिएँ । पदाधिकारी धेरै हुँदा व्यवस्थापन गर्न सजिलो हुँदैन, त्यसैले मैले १५ सदस्यीय प्रस्ताव गरेको छु’, पौडेलले उठेका प्रश्नको जवाफ दिए ।त्यस्तै उनले आयोगको सदस्य पनि १५ सदस्यीय हुने जानकारी दिए ।
एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ वटा मापदण्ड
नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड बनाएको छ । पार्टीको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो । नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको हो ।

एमाले नेता विष्णु पौडेलकाअनुसार प्रस्तावित विधानको धारा ५४ मा गरिएको व्यवस्था अनुसार केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भइ काम गरेको हुनुपर्नेछ । त्यस्तै, राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य भइ काम गरिसकेको वा प्रदेश कमिटीको सदस्य भइ काम गरेको वा केन्द्रीय विभागको सचिव अथवा सदस्य भइ काम गरेको हुनुपर्नेछ ।

यस्तै जिल्ला कमिटीको पदाधिकारी भइ एक कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको अथवा कम्तीमा १० वर्ष पार्टी सदस्य भइ काम गरेको व्यक्तिले पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्न पाउनेछ ।

तर, दलित, महिला सीमान्तकृत जनजाति, अपांगता भएका व्यक्तिका हकमा भने एक कार्यकाल जिल्ला कमिटी सदस्य र ७ वर्ष पार्टी सदस्य भए केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न सक्ने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार