• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

केपी ओलीकाे उपस्थितिमा इटहरीका एमाले नेता ओम कोइरालालाई अभिनन्दन गरिने


इटहरीइटहरीका पुराना एमाले नेता ओम कोइरालालाई अभिनन्दन गरिने भएकाे छ।असाेज २३ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे उपस्थितिमा कोइरालालाई
अभिनन्दन गर्न लागिएकाे हाे।२३ गते इटहरी २ मा रहेकाे कोइरालाकाे निवासमा नै अभिनन्दन कार्यक्रम राखिएकाे छ ।प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनका इमान्दार कम्युनिष्ट नेताको

छवि बनाएका कोइरालालाई अभिनन्दन गर्ने कार्यक्रम रहेको एमाले इटहरीले बताएकाे छ । उनका तीन वटा पुस्तक उक्त कार्यक्रममा विमोचन गरिने छ । मृगौलाको समस्यासँग जुधिरहेका कोइराला अहिले पनि अस्पतालमा उपचाररत छन् ।
दशैँमा नयाँ नोट चलाउन नपाउने, पुराना नोट पनि पर्याप्त छैनन्
नेपाल राष्ट्र बैंकले ४ असोजदेखि नै देशभरका शाखा बैंकबाट नयाँ नोट लिन सक्ने व्यवस्था गरे पनि यी चारवटा जिल्लामा भने नयाँ नोट नआएको सम्बन्धित बैंकहरूले जनाएका छन् ।

नयाँ नोटका लागि बैंकमा ग्राहकको भीड लाग्ने भए पनि नयाँ नोट नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैंक सल्लेरीका प्रबन्धक चित्र खड्काले बताए । नयाँ नोट नआउँदा र पुरानो खुद्रा रकमसमेत नहुने उनको भनाइ छ ।यस्तै, नयाँ नोटको माग अत्यधिक भएको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगाका निमित्त शाखा प्रबन्धक राजेश झाले बताए । स्टक रकम भएकाले राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा ग्राहकलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।यस वर्षको दशैँमा नयाँ नोट नपाउने भएका छन् । सोलुवासीसँगै माथिल्लो सगरमाथाका तीन जिल्लासहित उदयपुरमा समेत नयाँ नोट नआउने भएको हो ।

खोटाङ र उदयपुरमा पनि नयाँ नोट नआउँदा समस्या भएको बताइएको छ । नयाँ नोट लिनका लागि बैंक पुगेकाहरूलाई पुरानो नोट दिएर पठाउने गरेको राष्ट्रिय वाणिज्य बैंक खोटाङका शाखा प्रबन्धक काजी बस्नेतले जानकारी दिए ।

यता, नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने यस विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिएका छन् । विराटनगरमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग तत्काल जानकारी लिएर नोट पठाउने व्यवस्था गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार