• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

यो सरकार सट्टापट्टामा बनेको प्रष्ट भयो : ओली


झापा।प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन्।हालै भएको मन्त्रिपरिषद्
विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ।गृहजिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार

नहुँदा वार्टर सिस्टममा काम हुने गरेको बताए ।यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भएको भन्दै उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु केके भएको थियो, पछि देखिएला ।
र यो पनि
दसैँमा जसपा–लोसपालाई कार्यकर्ता तान्नै चटारो
दसैँको आज नवौँ दिन । काठमाडौँलगायत देशका मुख्य सहरहरू सुनसान भइसकेका छन् भने गाउँघरमा चहलपहल बढेको छ । हरेक तप्काका मानिसहरु आ–आफ्नो कर्मभूमि छाडेर जन्मभूमि फर्केका छन् । त्यसको सबभन्दा बढी फाइदा राजनीतिक दलहरूले लिइरहेका छन् । अहिले नेताहरू आफ्नो कार्यक्रमहरू गाउँ केन्द्रित गरेका छन् । शुभकामना आदानप्रदानको नाममा दिनमा दुई चारवटा कार्यक्रमहरू गाउँघरमा भइरहेका छन् । कहीँ पार्टी प्रवेश त कहीँ मन्दिर उद्घाटन, पूजापाठका कार्यक्रमहरू गरेर नेताहरू जनताको घरघरमा पुगिरहेका छन् ।

त्यसमा तराई मधेस केन्द्रित दलहरू सबभन्दा अगाडि देखिएका छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अधिकांश नेताहरू अहिले तराई मधेस झरेका छन् । हालै विभाजन भएका यी दुवै पार्टी बीचमा कार्यकर्ताहरू बटुल्न प्रतिस्पर्धा चलेको छ । यी दलका नेताहरू कुनै न कुनै बहानामा जनताको बीचमा पुगिरहेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले दसैँको मौकामा असोज २४ गते प्रदेश २ मा जसपा मधेस प्रदेश समिति समायोजन कार्यक्रम सम्पन्न गरे । कार्यक्रम सम्पन्न गरेर अध्यक्ष यादवलगायत जसपाका शीर्ष नेताहरू काठमाडौँ फर्केनन् । त्यसको भोलिपल्ट सिरहामा अध्यक्ष यादवको उपस्थितिमा भव्य पार्टी प्रवेश कार्यक्रमको आयोजना भयो । सयौँका सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेकालाई अध्यक्ष यादवले स्वागत गरे । त्यसपछि उनी निरन्तर पार्टी प्रवेश गराउँदै आएका छन् । पार्टीले आयोजना गर्ने गरेको शुभकामना आदान प्रदान कार्यक्रममा समेत सहभागी हुँदै आइरहेका छन् । दसैँ सकिएपछि मात्र काठमाडौँ फर्किने अध्यक्ष यादवको योजना छ । उनले भने, ‘यसपालिको दसैँ मात्र होइन, मैले हरेक दसैँमा पार्टीका नेता तथा कार्यकर्ताको बीचमा मनाउने गरेको छु ।’

दसैँ खुसीयालीको पर्व हो, यो पर्वमा सबै आआफ्नो घर फर्केका हुन्छन्, यही मौकामा सबैसँग भेटघाट गर्ने अवसर प्राप्त हुने गरेको उनले बताए । जसपाका कार्यकारिणी सदस्य एवम् कृषि मन्त्री महेन्द्रराय यादव पनि आफ्नो गृह जिल्ला सर्लाही पुगेका छन् । दसैँको उपलक्ष्यमा आयोजना हुने शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रममा उनी सहभागी हुँदै आफ्नो क्षेत्रमा डुलिरहेका छन् । दसैँभरका लागि उनका कार्यक्रम तय भइसकेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि यसपालिको दसैँमा आफ्नो क्षेत्रमा पुरा समय दिएका छन् । महोत्तरीको क्षेत्र ३ नम्बरमा नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छन् । लोसपाका युवा नेता अजय झाका अनुसार अध्यक्ष ठाकुर दसैँभरि आफ्नै क्षेत्रमा हुनेछन् । जसपाबाट भर्खर अलग भएर लोसपा बनेको छ, नेता तथा कार्यकर्तामा केही अन्योल देखिएका छन्, ती अन्योल हटाउने र पार्टीप्रति प्रतिबद्ध रहन नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष ठाकुरले आग्रह गरिरहेको उनले बताए ।

आफ्नो क्षेत्रमा उनी कार्यकर्ताहरूको घरघर पुगिरहेका छन् । दुर्गा पूजा हुने स्थानमा गएर पूजा गर्नु, नेता तथा कार्यकर्ताहरूलाई भेट्नु, पार्टीको सदस्यता वितरण, निर्माण कार्यको उद्घाटन गर्नु, सरकारबाट भएका विकासका कामको अनुगमन गर्नु जस्ता कार्यहरू अध्यक्ष ठाकुरले गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार