• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७८ कार्तिक ०२ गते मंगलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ कार्तिक २ गते मंगलवार,१९ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष, चतुर्दशी तिथि (१८ः४९ बजेदेखि पूर्णिमा)। उत्तरभाद्रपदा नक्षत्र (१३ः१३ बजेदेखि रेवती चन्द्रराशि
– मीन।काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:३० बजे. चन्द्रोदय : दिउँसो ०३:४० बजे र चन्द्रास्त : भोलि बिहान ०४:४२ बजे, इटहरी,सुनसरी,

नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार