• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

वि.सं. २०७८ कार्तिक ०९ गते मङ्गलवारकाे राशिफल, श्री गणेशकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक ०९ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ अक्टोबर २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद्तु, ने.सं.:–
११४१, ( कौलागा ), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६: ०२ बजे र सूर्यास्त : साँझ ०५: १६ बजे, चन्द्रास्त : बिहान ०९:४८ बजे र चन्द्रोदय : बेलुका ०९:२२ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, कार्तिक कृष्णपक्षको षष्ठी तिथि,(अहोरात्र व्याप्त), आर्द्रा नक्षत्र, मध्यरात्रीपछि ०४:३६ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), शिव योग, मध्यरात्रीपछि १२:१७ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा गर करण साँझ ०५:५५ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०६:५० बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : चर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर,कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कसैको घरमा परदेशी आउने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार