• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७८ कार्तिक ११ गते बिहीवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक ११ गते बिहीवार तदनुसार ई. सं. २०२१ अक्टोबर २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.
:– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, चन्द्रास्त : दिउँसो ११:१२ बजे र चन्द्रोदय : बेलुका १०:५३ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, कार्तिक कृष्णपक्षको सप्तमी तिथि, बिहान ०८:२१ बजेसम्म, त्यसपछि अष्टमी तिथि, पुनर्वसु नक्षत्र, बिहान ०६:४३ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त),साध्य योग, मध्यरात्रीपछि १२:१७ बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा बब करण बिहान ०८:२१ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार