• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७८ कार्तिक १४ गते आइतवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक १४ गते आइतवार तदनुसार ई. सं. २०२१ अक्टोबर ३१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.
:–११४१, (कौलागा),इटहरी,सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त :साँझ ०५:१२ बजे, चन्द्रास्त : दिउँसो ०१:२३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:१९ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, कार्तिक कृष्णपक्षको दशमी तिथि, बिहान ०९:५८ बजेसम्म, त्यसपछि एकादशी तिथि, मघा नक्षत्र, बिहान १०:०६ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), ब्रह्म योग, बेलुका ०९:२८ बजेसम्म, त्यसपछि ऐन्द्र योग, सुरुमा विष्टि (भद्रा) करण बिहान ०९:५८ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेको कार्यबाट लाभ र सफलता पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव आउन सक्छ, तर सफल यात्राको योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार