• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ कार्तिक १९ गते शुक्रवार, जय श्री लक्ष्मी माता , यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं.२०७८ कार्तिक १९ गते शुक्रवार तदनुसार ई.सं. २०२१ नोभेम्बर ०५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.:–
११४२, ( कछलाथ्व ), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, चन्द्रोदय : सूर्योदयपूर्व ०६:१४ बजे र चन्द्रास्त : साँझ ०४:५१ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, कार्तिक शुक्लपक्षको प्रतिपदा तिथि, मध्यरात्रीपछि ०१:२२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, स्वाती नक्षत्र, बिहान ०६:५९ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, मध्यरात्रीपछि ०५:२५ बजेसम्म, अन्तिममा अनुराधा नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा तुला राशिमा, मध्यरात्रीपूर्व ११:४८ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, आयुष्मान् योग, बिहान ०९:५३ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा किंस्तुघ्न करण दिउँसो ०२:३० बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०१:२२ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार