• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

सर्वोच्च अदालत भित्रै झडपको स्थिति : दंगा नियन्त्रणका उपकरणसहित ठुलो संख्यामा सुरक्षाकर्मी परिचालित


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । यसअघि कानुन

व्यवसायीहरु नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आउ–जाउ गर्दै आएका थिए ।सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दंगा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन् ।भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट–माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ । तर सो सडकखण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएपछि बारले आज प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने आन्दोलन घोषणा गरेको थियो ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई शुक्रबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ । प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले रातोपाटीलाई जानकारी दिए । त्यसका लागि आज विहान ९ः३० बजे कानून व्यवसायीहरु बारमा भेला हुने उनले बताए ।

बारमा सबै भेला भइसकेपछि सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनको भनाइ छ । यता सर्वोच्च अदालतले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ ।

विहीबार कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार