• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७८ कार्तिक २८ गते आइतवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक २८गते आइतवार तदनुसार ई. सं. २०२१ नोभेम्बर १४ तारिख, राक्षस नामक संवत्सर, शाके:–१९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :–
११४२, (कछलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, चन्द्रोदय : दिउँसो ०१:२३ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:३४ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, कार्तिक शुक्लपक्षको दशमी तिथि, बिहान ०८:५८ बजेसम्म, त्यसपछि एकादशी तिथि, पूर्वाभाद्रा नक्षत्र, बेलुका ०८:०२ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, दिउँसो ०१:५४ बजेसम्म, त्यसपछि मीन राशिमा, व्याघात योग, बिहान ०६:४६ बजेसम्म, त्यसपछि हर्षण योग मध्यरात्रीपछि ०५:३१ बजेसम्म, अन्तिममा वज्र योग (योग टुटेको दिन), सुरुमा गर करण बिहान ०८:५८ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०८:५५ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार