• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमाले अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने : ३ बजे बिसेष पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गर्ने तयारी


एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएकाछन्।रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा
गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’,

उनले भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ । एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्। रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।

एमालेका उपाध्यक्ष भीम रावल १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् ।दिउँसो ३ बजे पत्रकार सम्मेलनमा गरेर उम्मेदवारी घोषणा गर्ने रावलका प्रेस सहयोगी एकीन्द्र कुँवरले बताए । ओलीले यसअघि नै अध्यक्षमा एक कार्यकाल दोहोरिन चाहेको बताएका थिए ।दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए ।

एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए । ९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनले सार्वधिक मतका साथ विजयी भएका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार