• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

चितवनमा एमालेको शक्ति प्रदर्शन, घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा


नेकपाएमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले
शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ

उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको हो भन्ने जिज्ञासामा भुसालले भने, ‘ होइन, मैले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेँ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा बन्दसत्र सफल पार्ने घोषणा गरिरहेका बेला पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यही सिलसिलामा अब १० बुँदे पक्षधर नेताहरु भीम रावल र घनश्याम भुसाललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती ओलीमाथि थपिएको छ ।
बन्दसत्रअघि सहमति जुटाउने प्रयासका लागि सौराहस्थित जंगल क्राउन होटेलमा ८ बजेदेखि केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।

चितवनमा एमालेको शक्ति प्रदर्शन (फोटो फिचर)
नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन भएको छ । चितवनको नारायणगढ नजिकै नारायणी किनारमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन शत्रमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवनबाट आएका थिए । महाधिवेशन उद्घाटनस्थल नारायणी किनारमा हजारौं मानिसहरु सहभागी भएका थिए । उद्घाटनस्थल वरपरका क्षेत्र नारायणगढ बजार र नारायणी पुलमा पनि मानिसको भीड थियो ।

महाधिवेशन उद्घाटनअघि एमालेले चितवन र नवलपरासीबाट जुलुस निकालिएको थियो । जुलुसमा जातीय भेषभूषासहितका टोलीहरु पनि सहभागी भएका थिए ।उद्घाटनशत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले नेता रामबहादुर थापा, पार्वती रावलले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार