• २०८१ मङ्सिर ३ गते सोमवार
  • Preeti To Unicode

एमालेले विकासको मार्गमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ : चिनियाँ कम्युनिस्ट पार्टी


काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको
बताएको छ ।एमालेको १० औं महाधिवेशनमा सन्देश पठाउँदै सीपीसीले यस्तो धारणा राखेको हो।सीपीसी केन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी

दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ ।राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।‘सीपीसीले हालै एकसय वर्ष मनायो त्यस क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा गरेको थियो,’ सन्देश भनिएको छ, ‘ ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं ।’

१० तस्बिरमा एमाले महाधिवेशनको बन्द सत्र
चितवन — नेकपा (एमाले)को १०औं महाधिवेशनअन्तर्गत शनिबार अपराह्नदेखि बन्द सत्र सुरु भएको छ । चितवनको सेभन स्टार होटल परिसरमा जारी बन्द सत्रमा एमालेले आमन्त्रण गरेका विदेशी पाहुनाहरुले सम्बोधन गरिरहेका छन् । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो ।

सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रीय कमिटीले शुक्रबार पारित गरेको विधान संशोधन प्रस्तावलाई पनि छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारदेखि सुरु भएको एमाले महाधिवेशन आइतबारसम्म चल्नेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार