• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

जब ओली र रावलबीच कानेखुसी चल्यो (फोटो फिचर)


काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका केपी शर्मा ओली र भीम रावल एउटै मञ्चमा भेटिएका छन् । महाधिवेशनमा निर्वाचनको
मत परिणाम घोषणाअघि ओली र रावल मञ्चमा सँगै बसेका हुन् ।उनीहरुले मञ्चमा कुराकानी पनि गरेकाछन्।नेकपा एमालेको महाधिवेशन अन्तरगतको अन्तिम चरणको बन्दसत्र सौराहामा

बसेको छ । बन्दसत्रमा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नेछ भने सो अघि १७ बुँदे प्रस्ताव पारित गरिएको छ ।
एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् भने प्रतिस्पर्धामा रहेका भीम रावल पराजित भएका छन् । आयोगले यसबारे औपचारिक जानकारी यही बन्दसत्रमा गराउनेछ । बन्दसत्र हलको मञ्चमा अध्यक्षमा विजयी भएका ओली र भीम रावल सँगसँगै देखिएका छन् ।


एमाले महाधिवेशनले पारित गरेका यी हुन् १७ प्रस्ताव
नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १० गते सुरु भएको एमाले १० औं महाधिवेशन मंसिर १४ गते सम्पन्न
गर्ने क्रममा उक्त प्रस्ताव पारित गरेको हो । चितवनको नारायण नदी किनारमा १० गते उद्घाटन भएर ११ गतेबाट सौराहामा बन्दसत्र चलेको थियो । उक्त बन्दसत्रले नयाँ नेतृत्व चयन गरेको छ ।

एमाले महाधिवेशनले पारित गरेका प्रस्ताव
१ सहिदप्रति श्रद्धाञ्जली
पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान श्रद्धासुमन अर्पण
३ ९ औं महाधिवेशन यता दिवंगत भएका नेता कार्यकर्ताप्रति श्रद्धाञ्जली अर्पण
४ महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्बद्धता

५ जनविरोधी काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण

६ बेमौसमी वर्षाका पीडितलाई राहतको जोडदार माग

७ शान्ति प्रक्रिया चोड टुंग्याउन र पीडितलाई परिपूरणाको व्यवस्था गर्न माग

८ परराष्ट्र नीतिमा गठबन्धनको सरकारका परस्पर विरोधी नीतिको विरोध

९ नागरिक न्याय पाउने अधिकार बन्चित भएकोप्रति निन्दा

१० नेपाल विकासील मुलुकका स्तरउन्ती भएकोमा राष्ट्र संघलाई धन्यवाद

११ एमाले १० औं महाधिवेशन भएका पदाधिकारीलाई धन्यवाद

१२ १४ समावेशी पार्टी बनाएर लैजाने संकल्प

१३ निर्वाचनको तयारीमा लाग्न र संगठन विस्तारमा लाग्न निर्देशन

१४ राष्ट्र र जनताको हितमा प्रभावकारी भूमिका खेल्ने

१५ जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कुरा नारालाई आत्मा साथ गर्ने

१६ राष्ट्रिय स्थायित्वका लागि एमालेमा आबद्ध हुन आह्वान हुन आग्रह

१७ महाधिवेशनमा सहभागी सबैलाई हार्दिक आभार

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार