• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर १९ गते आइतवार, यस्तो छ आजको राशिफल


२०७८ मंसिर १९ गते, आइतवार, ५ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष प्रतिपदा तिथि, ११ः२९ बजेदेखि द्वितीया। ज्येष्ठा, १०ः१६ बजेदेखि मूल। चन्द्रराशि– वृश्चिक, १०ः१६
बजेदेखि धनु । आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर १९ गते आइतबार इश्वी सन २०२१ डिसेम्बर ५ तारीख मार्गशीर्ष शुक्ल पक्ष प्रतिपदा तिथी ज्येष्ठा नक्षत्र धृति योग वव करण

चन्द्रमा वृश्चिक राशिमा पश्चात धनु राशिमा आनन्दादि योगमा काण योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु स्वयंसेवक दिवस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको कार्य पुरा हुने र नयाँ काममा हात हाल्ने समय छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक काम अघि ढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल यात्राको योग छ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार