• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

भृकुटीमण्डपमा यस्तो देखियो कांग्रेसको १४ औं महाधिवेशनस्थल


काठमाडौंआजबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेसन सुरु हुँदैछ। आज बिहानैबाट भृकुटीमण्डपमा तयारी थालिएको छ भने चहलपहल
धेरै छ। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ।

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ। यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार