• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमाले बैठक : पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय


नेकपाएमालेले आगामी पौष २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ ।शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय
गरेको हो ।बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्ष समेत चयन गरेको छ । नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेको हो ।

मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको बिकल्प छैन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको बिकल्प नभएको दोह-याएका छन् ।शनिबारबाट भक्तपुरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थिरता र अराजकता पैदा गर्न खोजिएको भन्दै ताजा जनादेशको बिकल्प नभएको बताएका हुन् ।

यसअघि एमालेकै भोटले जितेका व्यक्तिहरुले बेईमानी गरेको र पार्टीलाई बिगार्न खोजिएको उनले बताए । उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनका साथै अन्य निर्वाचनमा जीतको लक्ष्यका साथ तयारी गर्न निर्देशन दिए ।उनले स्वार्थमा नभएर विचारमा संगठित भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । एमालेको विजयीलाई सुनिश्चित बनाउनका लागि एकीकृत भएर जनतामाझ जार्नुपर्ने र यसका लागि कुनै मोर्चाबन्दीको आवश्यकता नरहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले जनताका लागि गर्नैपर्ने बिभिन्न कामहरुको सूची वनाएर नै परिचालन हुन निर्देशन दिए । केन्द्रीय कमिटी बैठकले नेता अमृत बोहोरा एमाले सल्लाहकार परिषद्को अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ ।त्यस्तै बैठकले महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख निष्कर्ष निकालेको छ । महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन गर्दै बैठक आइतबार समापन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार