• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

यी हुन् सभापतिका आकांक्षी, कसको प्यानल बलियो ?


काठमाडौंनेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय सभामा आज ५ बजेसम्मका लागि तोकिएको मनोनय दर्तामा
कांग्रेस सभापति शेरबहादुर देउवासहितले उम्मेदवारी दर्ता गराएका हुन्। देउवाबाहेक, शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी

दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आकांक्षी भए पनि अन्तिम समयमा उनले शेखर कोइरालालाई साथ दिएका थिए।
यी हुन् उपसभापतिका आकांक्षी, यीमध्ये को हुन् शक्तिशाली ?

नेपाली कांग्रेसको उपसभापतिमा प्यानलसहित उम्मेदवारी परेको छ। शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा उम्मेदवारी दिएका छन्। शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उमेदवारी परेको छ। विमलेन्द्र निधीको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाहले उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहको टिमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवारी दिएकी छन्।त्यस्तै महेश आचार्यले बिना गुट उपसभापतिमा उम्मेदवारी दिएका छन्।

गगनले भने : ‘समुन्नत नेपाली, सम्मानित नेपाली’प्रति ओलीको टिप्पणी हतारो
नेपाली कांग्रेसका नेता गगन थापाले ‘समुन्नत नेपाली, सम्मानित नेपाली’को अवधारणाप्रति केपी शर्मा ओलीले हतारमा टिप्पणी गरेको बताएका छन्। शनिबार ट्वीट गर्दै उनले अवधारणा पढेको थाहा पाएर खुशी लागेको बताएका हुन्।उनले लेखेका छन्, ‘आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो। तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ।’

थापाले तेह्रो महाधिवेशनमै पार्टीको रुपान्तरण हुनुपर्ने प्रस्ताव अगाडि सारेको बताए। उनले भने, ‘मैले २०७२ मा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमैं कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु।’थापाले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को सङ्कल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा ओलीसँग जम्काभेट हुने बताए।

पौडेल र सिटौलाले दिएनन् उम्मेदवारी
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् ।

शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकामा उनीहरुले उम्मेदवारी दर्ता नगराएका हुन् । पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् ।

पौडेलले शनिबार विज्ञप्ति जारी गरी १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरेका थिए । महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चार माध्यमसँग कुराकानी गर्दै सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताए । उनले सडकबाटै पार्टीलाई सहयोग गर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार