• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएकोछ।एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबार
स्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ ।एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि

संसदको कामकारबाहीमा भाग लिएको थिएन । पार्टीले माधव नेपाल सहित १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टास्नुपर्ने उसको माग छ ।अहिले पनि यो माग पूरा नभएको बताउँछिन् सचेतक चौधरी । माग पूरा नभएका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुने उनले बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक मंगलबार ११ बजे बोलाएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठक आज मंसिर २८ गते दिउँसो २ बजेका लागि आव्हान गरेकी थिइन् ।

संसद बैठक अघि एमाले संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमालेले यो पटक पनि सहजै बैठक सञ्चालन हुन नदिने संकेत गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार