• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमसीसीको विरोध : संसद् भवनअघि झडप हेर्नुहोस्


दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंगलबार संसद भवन घेराउ गरेको छ ।एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद
भवन घेराउ गरेको हो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो ।यस्तै ती दलले

मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गरेको थियो भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो ।

संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो ।

छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।


तस्बिर/स्रोत : रातोपाटी।

संसद बैठक शुरु हुनेवित्तिकै एमालेको नाराबाजी
नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् ।मंगलबारको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार