• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

प्रकाशमानमाथि धनराज गुरुङको कटाक्ष : मान्छे हुन् कि भेडा हुन् ?


काठमाडौं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका उम्मेदवार धनराज गुरुङले आफूलाई सभापतिमा पराजित डा. शेखर कोइरालाको हारमा विश्वास
नभएको बताएका छन् ।बुधबार कोइराला समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. शेखर कोइरालाले निष्ठा र विचारको राजनीतिमा निर्वाचन जितेको भन्दै उनले हारमा विश्वास

नगरेको बताए ।उनले यसअघि साहित्यिक रुपमा आफ्नो मन्तव्य प्रस्तुत गरे । उनले भने, ‘पटककै विश्वास छैन, मान्दा पनि मान्दिन । नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागिरहेको छ– बाबु भन्छ, यी भेडा होइनन् तर, छोरो लुकेर सबै भेडा बेचिदिन्छ । अनि पिताजी भन्नुहुन्छ ‘बाबु, राजनीतिमा नैतिकता हुन्छ ।’ तर, छोरो भन्छ– ‘परी आउँदा नैतिकता पनि बेचिदिनुपर्छ बा ।सभापतिको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुले विचारभन्दा पनि व्यक्तिलाई हेरेर मतादान गरेको भन्दै उनले व्यंग्यवाण गरे ।उनले भने, ‘पिताजीले हुर्काएको गोठभित्र ‘नसकेर पो गोठजस्तो देखिएको हो बाबु, यी सबै मान्छे हुन्, यिनीहरुसँग विवेक छ । तर, छोराहरु भन्छन्, ‘यी कहाँ मान्छे हुन्, यी त सबै भेडा हुन्, सबै बेचिदिनुपर्छ । मलाई विश्वासै लागिरहेको छैन, क्या हो, क्या हो, सपनामा हो कि विपनामा ।’विचार र निष्ठाको पक्षमा उभिदा मत केही थोर भई हार भएको छ तर, विचारले हारेको छैन, निष्ठाले जितेको पनि उनले बताए । उनले परिवर्तन एकै रातमा हुँदैन अविरल नदीजस्तै शेखर कोइरालाको नेतृत्व देशभर हिँडिरहने पनि बताए ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंहमाथि कटाक्ष गरेका छन् ।शेखर कोइरालाको टिमले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा उपसभापतिका उम्मेदवार समेत रहेका गुरुङले सिंहको नाम त लिएनन्, तर भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका छन् ।उनले भने, ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ । बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।’

नेतृत्व परिर्वतनको नारा दिएर कांग्रेसको सभापतिमा चुनाव लडेका सिंहले दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।उपसभापतिका उम्मेदवार गुरुङले मतमा आफूहरु कम भएपनि विचारले नहारेको बताए । उनले भने, ‘गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधि, बीपी कोइरालाका रगतले मात्र छोरा होइनौं, हामी सबै छोराका दाबेदार हौं । निष्ठाका दाबेदार हौं ।’

चुनावमा आफूहरु फेल नभएको गुरुङले बताए । आफूहरुले ४० प्रतिशत मत ल्याएको भन्दै उनले भने, ‘भोलिको दिनमा हामी कति प्रतिशतमा रहन्छौं, त्यो तपशील हो । तर आउने निर्वाचनमा ५१ प्रतिशतको कांग्रेस बनाउने बोध गरेका छौं ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार