• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

सर्वदलीय बैठक बोलाउने तयारी


प्रधानमन्त्रीशेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन्।शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको
भेटवार्ता मा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।‘भेटका अवसर मा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा

छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ । यस्तै एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी छ । तर सत्तारुढ गठबन्धनमै एमसीसी संसदमा पेश गर्ने या नगर्ने भन्नेमा एकमत छैन । खासगरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दा पनि समस्याका चाङ उस्तै

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समग्र काम ८८ प्रतिशत पूरा भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले पछिल्लो समय निर्माण सम्पन्न गर्ने म्याद थपिएको अवधि अर्थात् आगामी जुलाईभित्रै काम सक्ने गरी कार्य गरिरहेको जनाएको छ ।सन् २०१७ नोभेम्बरदेखि थालिएको विमानस्थल निर्माणको काम सन् ०२१ जुनमा सकिनुपर्ने भए पनि कोभिड–१९ का कारण एक वर्ष म्याद थपिएको थियो । सोही अनुसार २०७९ असारसम्ममा सम्पन्न गरि सक्नुपर्ने आयोजना वैशाख अगावै निर्माण सम्पन्न हुने आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।विमानस्थलमा रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङ्गर लगायतका संरचना निर्माण भइसकेका छन् । विमानस्थलको भौतिक निर्माण सहित ८८ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।

उनले आयोजना सम्पन्न हुने चरणमा पुगे पनि विमान सञ्चालनमा अवरोध गर्ने ल्यान्डफिल साइट, रिट्ठेपानी डाँडा, विमानस्थलमा आउने भलबाढी लगायतका समस्याको समाधान हुन भने बाँकी रहेको बताए । उनले ती समस्या तत्कालै समाधान नगरेमा विमानस्थल तयार भए पनि विमान सञ्चालनमा अवरोध हुन सक्ने जनाए ।
समस्याको चाङ
आयोजना प्रमुख मुनकर्मीले सन् २०२२ को जनवरीदेखि आन्तरिक उडान थाल्ने गरी निर्माण कार्यलाई तीव्र तुल्याइएको बताए । तर, अन्तर्राष्ट्रिय उडानका लागि ल्यान्डफिल साइट, रिट्ठेपानी डाँडा, भलबाढीको रोकथाम लगायतका काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

विमानस्थलमा पृथ्वीराजमार्ग, भित्री सडक र काहुँखोलादेखि सिंचाइका लागि बनाइएको नालाको पानीले वर्षाको समयमा ठुलो भलबाढी पसेर क्षति पु¥याउने गरेको छ । यसलाई व्यवस्थित गर्न ३४ करोड रुपैयाँ लाग्ने भएकाले विमानस्थलले सरकारलाई गुहारिरहेको छ । त्यसैगरी, आयोजनाले विमानस्थल सञ्चालनमा ल्याउन पूर्वी भागमा रहेको रिट्ठेपानीको डाँडा २५ मिटर काट्नसमेत सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । तर, त्यो डाँडामा सरकारी वनसमेत रहेकाले वातावरण प्रभाव मूल्याङ्कन (एआइए) गर्नुपर्ने भएकाले प्रक्रियामा जाँदा लामो समय लागेको छ ।

पोखरा महानगरपालिका–१४ मा रहेको ल्याण्डफिल साइट अन्य ठाउँमा नसारी विमानस्थल सञ्चालन गर्न मिल्ने अवस्था छैन । ल्याण्डफिल साइट र विमानस्थल नजिकै रहेकाले ल्याण्डफिल साइटमा आउने पंक्षी विमानमा ठोक्किने सम्भावना भएकाले हवाई उड्ड्यन कार्यालयले पोखरा महानगरलाई ल्याण्डफिल साइट त्यहाँबाट हटाउन ताकेता गर्दै आएको छ । ल्याण्डफिल्ड साइट सार्न पोखरा महानगरले केही ठाउँ हेरिरहेको भए पनि स्थानीयको विरोधले निर्णय गर्न सकेको छैन ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार