• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

नमान्दा नमान्दै भीम रावललाई एमाले ले दियो जबर्जस्ती जिम्मेवारी


काठमाडौं ।नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार बनेर पराजित भएपछि कुनै जिम्मेवारी निर्वाह नगर्ने भन्दै आएका भीम रावललाई पार्टीले जबर्जस्ती
जिम्मेवारी प्रदान गर्ने भएकोछ।शुक्रबार केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावललाई जिम्मेवारी

दिइने बताएका हुन् ।महासचिव पोखरेलका अनुसार रावललाई थप जिम्मेवारी दिइने बारे छलफल भइरहेको र जसरी भए पनि दिइनेछ । नीतिगतरूपमा नेता रावल हाल केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेको र उनलाई त्यहीँ जिम्मेवारी प्रदान गर्न लागिएको पनि महासचिव पोखरेलले बताए ।यदि, रावलले जिम्मेवारी लिन नचाहे पनि केन्द्रीय सल्लाहकारकै रूपमा पार्टीमा भूमिका रहने पोखरेलले पुनः बताए ।

एमालेले संगठन सुदृढीकरण अभियान चलाउने
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको अवको कार्यभार नेपाली जनताको ‘सम्मृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पुरा गर्ने रहेको बताएका छन् । शुक्रबार एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुखी नेपाली सम्मृद्ध नेपालको सपना पुरा गर्न वामपन्थी आन्दोलनमा रहेको अवसरवादलाई परास्त गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

साथै उनले नेपालमा भएका ठुला राजनीतिक परिवर्तनपछि सामाजिक अराजकताका स्वरुपहरु देखा परेको भन्दै राजनीतिलाई शुद्धीकरण गर्ने पार्टीको कार्यभार रहेको बताए ।नेपालका ठुला राजनीतिक राजनीतिक परिवर्तनपछि सामाजिक अराजकताका स्वरुपहरु देखा परेका छन् ती सामाजिक स्वरुपहरुलाई परास्त गर्दै राजनीतिलाई शुद्धीकरण गर्ने कार्यभार तय गरेका छौ’, महासचिव पोखरेलको भनाइ छ । साथै उनले जनता र राष्ट्रका पक्षमा एमालेले गरेका राम्रा कामका कारण एमालेमाथि प्रहार भएको दावी गरे ।

‘हामीमाथि किन प्रहार भएको छ भने संविधान बनाउन नचाहनेका विरुद्ध विजय हासिल गर्यौ, संविधान कार्यान्वयनमा झमेला खडा गर्नेहरुलाई राजनीतिको मुल धारमा ल्यायौ त्यसले गर्दा पनि हामीमाथि प्रहार भयो’, महासचिव पोखरेलको भनाइ छ । आगामी दिनमा समाजवादको लक्ष्य प्राप्तीका लागि हरेक देशभक्त र विकासप्रेमी शक्तिसँग सहकार्य गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिने पनि बताए । उनले दशौ महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभारका आधारमा पुसको पहिलो साताबाट देशव्यापी संगठन सुदृढीकरण अभियान अघि बढाउने समेत बताए ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार