• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ, ‘टीके पद’ खान्‍न : भीम रावल


नेकपाएमालेकानेता भीम रावलले आफूसँग छलफल नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको समाचारबाट थाहा पाएकोभन्दै आपत्ति जनाएका छन्श निवार
सामाजिक सञ्जालमार्फत रावलले यदि सो कुरा सत्य हो भने आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् ।उनले टिके प्रणाली बहुदलीय जनवाद

र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् । रावलले भनेका छन्– ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’ शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए । पत्रकारले भीम रावललाई किन पार्टीमा कुनै जिम्मेवारी दिइएन भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका थिए–‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन, त्यस अर्थमा उहाँको कार्य विभाजन भएन । हामीले गरेको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्दछ । जिम्मेवारीका सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग छलफल गर्न सक्नुहुन्छ । केन्द्रीय सल्लाहकार परिषद्मा रहेर उहाँले बेला–बेलामा पार्टीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’ नेता रावलले पार्टी अध्यक्षले मनोनीत गर्ने केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका थिए ।

‘टीके पद’ खान्‍न
नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय सल्लाहकार परिषद्‍को सदस्य अस्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई नसोधि सल्लाहकारमा मनोनित गरेको भन्दै आपत्ति जनाएका हुन्।उनले ट्विटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरित हुन्छ ।’

नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ। सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए ।

अछामबाट प्रतिनिधिसभामा निर्वाचित रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न जनाउँदै आएका थिए। यसअघि पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार