• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

इजरायलमा भेटियो कोरोनाभन्दा खतरनाक भाइरस ‘फ्लोरोना’


इजरायलकोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वभरि अक्रान्त भइरहेका बेला इजरायलमा फ्लोरोनाको पहिलो केस पत्ता लागेको छ।अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार
फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ‘इन्फेक्सन’ रहेको छ।अरब न्युजले यसको पुष्ट गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ। यसैबीच इजरायलले चौथोपटक बुस्टर

डोज दिने निर्णय गरेको छ। इजरायलमा तेस्रो डोज तीन महिनाअघि नै दिइसकिएको छ। इजरायलमा कोरोना संक्रमितको संख्या भने नघटेको बताइएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार इजरायलमा ५ हजार बढी संक्रमित देखिएका थिए। त्यहाँ हालसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ।

झण्डै २१ हजार जनामा परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३८२ कोरोनाभाइरस संक्रमित थपिएका छन्। २० हजार ९५९ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट पाँच हजार ७ जनामा परीक्षण गर्दा ३४२ र एन्टिजेन विधिबाट १५ हजार ९५२ जनामा परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ। यसैगरी सो अवधिमा २५२ संक्रमित निको भएका छन् भने कुल संक्रमितको संख्या चार हजार ९६९ रहेको छ। आज शनिबार नेपालमा ५९ हजार ११२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार