• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

ओलीलाई फकाउन पौडेल बालकोटमा, ओलीको ‘ग्रिन सिग्नल’ पर्खँदै दुई झापाली


नेपालीकाँग्रेसका नेता रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकाछन्।बुधबार साँझ बालकोट पुगेका पौडेल र ओलीबीचअदालतमा
देखिएको समस्या, संसद्को गतिरोध, एमसीसी मा देखिएको अन्योल लगायत विषयमा छलफल भएको छ ।नेता पौडेलले ओलीसँग पछिल्लो समय विवाद देखिएका विषयमा साझा धारणा

बनाएर अघि बढ्नका लागि आग्रह गरेका थिए । प्रमुख प्रतिपक्षी दल सर्वदलीय बैठकमा नआएको प्रति पनि पौडेलले चासो व्यक्त गरेका थिए । छलफलमा ओलीले प्रधानमन्त्रीसँग वान टु वान कुरा गर्न चाहेको आशय व्यक्त गरेको बताइएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा पौडेल ओलीलाई मनाउन पुगेका हुन् । देउवा आफै बालकोट पुग्दा गठबन्धनमा संशय पैदा हुने भन्दै काँग्रेस सभापति समेत रहेका देउवाले पौडेललाई बालकोट पठाएको स्रोतको भनाइ छ । दुई नेताबीच आजको छलफल सकारात्मक भएको बताइएको छ ।

ओलीको ‘ग्रिन सिग्नल’ पर्खँदै राप्रपाका दुई झापाली उम्मेदवार

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रदेश १ मा चारजना मतदाता छन् । प्रदेशसभाका एक सांसद र तीनजना स्थानीय जनप्रतिनिधिले राप्रपाका तर्फबाट मतदान गर्न पाउनेछन् । चार मतदाताको मतभार १२० हुनेछ । चार भोटमात्रै रहेको राप्रपाले राष्ट्रियसभाका लागि प्रदेश १२ बाट अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । तर, प्रदेश १ का तीनवटा सीटमध्ये आफूले एकसीट पाए एमालेलाई सघाउन तयार रहेको राप्रपा नेताहरु बताउँछन् ।

‘हामीले एमालेसँग एकसीट मागेका छौं, पार्टीको उच्च तहमा यसबारे छलफल भइरहेको छ,’ राप्रपा स्रोतले रातोपाटीसँग भन्यो, ‘एमालेले राप्रपालाई एक सीट दियो भने प्रदेश १ मा एमाले र राप्रपाबीच चुनावी तालमेल हुन सक्छ ।’आफ्नो पक्षमा मत नभए पनि एमालेसँग गठबन्धन गरेर राप्रपाका उम्मेदवार केन्द्रीय संसदमा आउने र राजतन्त्रको नारा घन्काउने रणनीतिमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो जित सुनिश्चित गर्नकै लागि भए पनि अहिले राष्ट्रियसभाको चुनावमा आफूहरुलाई गुन लगाइदिन सक्ने राप्रपा नेताहरुको आशा छ ।

प्रदेश १ मा राष्ट्रियसभाको चुनावमा मतदाताहरुको कुल मतभार ९३१२ छ । सत्तारुढ गठबन्धनसँग ४६६८ मतभार छ । एमालेसँग ४५२४ मतभार छ । १२० मतभार रहेको राप्रपाले एमालेलाई सघायो भने एमाले–राप्रपा गठबन्धनको मतभार ४६४४ पुग्छ । यो अवस्थामा सत्तारुढ गठबन्धनलाई जित्न २५ मतभार चाहिन्छ ।

स्थानीय तहका प्रमुख वा उपप्रमुखको १८ मतभार हुने भएकाले राप्रपाले सघाएको अवस्थामा एमालेले दुईजना जनप्रतिनिधि (३६ मतभार) आफूतिर तान्यो भने प्रदेश एकमा जित हात पार्न सक्छ । अर्थात् सत्ता गठबन्धनका दुई–तीनजना जनप्रतिनिधिहरु कारणबस अनुपस्थित बनेको अवस्थामा पनि एमाले–राप्रपाले जित्ने अवस्था आउन सक्छ ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार