• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस २२ गते बिहीवार, यस्तो छ आजको राशिफल


२०७८ पुस २२ गते, बिहीवार६ जनवरी २०२२। पाैष शुक्लपक्ष चतुर्थी तिथि, १७ः१० बजेदेखि पञ्चमी। धनिष्ठा नक्षत्र, ११ः५३ बजेदेखि शतभिषा। चन्द्रराशि– कुम्भ।वि.सं.
पुष २२, २०७८।ई.सं. ६ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलाथ्व । राक्षस, दक्षिणायन, हेमन्त ।बिहीबार पौष शुक्लपक्ष । तिथि- चतुर्थी, १७:१० बजे उप्रान्त

पञ्चमी । नक्षत्र- धनिष्ठा, ११:५३ बजे उप्रान्त शतभिषा । योग- सिद्धि, २०:२४ बजे उप्रान्त व्यतीपात । करण- भद्रा १७:१० बजेदेखि वव, २८:३८ बजे उप्रान्त तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादि योग श्रीवत्स । दिनमान २६।०१ । सूर्योदय ६:५७ । सूर्यास्त १७:२२ । पञ्चक ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै समाचार सुन्नाले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक र मनोरञ्जनात्मक क्षेत्रमा भ्रमण हुनसक्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान पनि गर्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मङ्गल कार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार