• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस २३ गते शुक्रवार, यस्तो छ आजको राशिफल


२०७८ पुस २३ गते, शुक्रवार, ७ जनवरी २०२२। पाैष शुक्लपक्ष पञ्चमी तिथि, १६ः१२ बजेदेखि षष्ठी। शतभिषा नक्षत्र, ११ः२७ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ।वि.सं. पुष २३, २०७८ । ई.सं. ७ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलाथ्व । राक्षस, दक्षिणायन हेमन्त । शुक्रबार पौष शुक्लपक्ष।तिथि- पञ्चमी, १६:१२ बजे

उप्रान्त षष्ठी । नक्षत्र- शतभिषा, ११:२७ बजे उप्रान्त पूर्वभाद्रपदा । योग- व्यतीपात, १८:२६ बजे उप्रान्त वरियान् । करण- वालव १६:१२ बजेदेखि कौलव, २७:५४ बजे उप्रान्त वणिज । चन्द्रराशि कुम्भ । आनन्दादि योग सौम्य । दिनमान २६।०३ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२३ । पञ्चक, नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)स्थापना तथा अरनिको स्मृति दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ भने, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । कृषि कार्य पनि राम्ररी अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यमा समस्या आउन सक्छ । फलदायी यात्रा पनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मङ्गल कार्यको योग छ । आर्थिक क्षेत्र राम्रै रहला । आतिथ्यपूर्ण सम्मान पाइएला । प्राविधिक र वैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै समाचारले मनमा शान्ति छाउला । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनेछ । लाभदायक र सफल यात्रा पनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार