• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस २४ गते शनिवार, यस्तो छ आजको राशिफल


२०७८ पुस २४ गते, शनिवार८ जनवरी २०२२। पौष शुक्लपक्ष षष्ठी तिथि, १५ः४२ बजेदेखि सप्तमी। पूर्वभाद्रपदा नक्षत्र, ११ः२७ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि– मीन।
वि.सं. पुष २४, २०७८ । ई.सं. ८ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलाथ्व । राक्षस, दक्षिणायन हेमन्त । शनिबार पौष शुक्लपक्ष । तिथि- षष्ठी, १५:४२ बजे

उप्रान्त सप्तमी । नक्षत्र- पूर्वभाद्रपदा, ११:२७ बजे उप्रान्त उत्तरभाद्रपदा । योग- वरियान्, १६:५१ बजे उप्रान्त परिघ । करण- तैतिल १५:४२ बजेदेखि गर, २७:३८ बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादि योग काल । दिनमान २६।०४ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२३ । पञ्चक, नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साँझमा भने धन खर्च बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होलान् । सन्तान सुख पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । प्रेमीको सहयोग पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार