काठमाडौंउपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेकोछ।मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित
कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन
कार्यविधिअनुसार आदेश जारी गरिएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ । यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् । स्मार्ट लकडाउनको आदेश आज मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
भारतीय पक्षबाट नेपाली भूभागमा सडक निर्माणप्रति एमालेको आपत्ति
काठमाडौं : नेकपा एमालेले भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै सार्थक पहल थाल्न सरकारलाई आग्रह गरेको छ। एमालेले भारतसंग अविलम्ब गम्भिर संवाद गर्न, सबैखाले बलमिच्याई रोक लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसंग माग गरेको हो।
विदेश विभाग प्रमुख राजन भट्टराइले जारी गरीएको प्रेस वक्तव्यमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ। ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कुटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ ।’
‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दई देशबीचमा थाती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिइरहेकाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ।’ मंगलबार जारी गरीएको वक्तव्यमा भनिएको छ ।