• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

स्मार्ट लकडाउनसम्बन्धी अर्को आदेश जारी (सूचनासहित) खोपकार्ड अनिवार्य


काठमाडौंउपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ ।कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै
प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरात देखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । यस्तै गोष्टी,

सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले भनेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनको सूचनामा भनिएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायतमा माघ १५ गतेसम्म बन्द गर्ने निर्णय पनि प्रशासनले गरेको छ । धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने पनि प्रशासनको आदेशमा भनिएको छ । सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ ।

माघ ७ पछि के–के मा खोपकार्ड अनिवार्य ?
कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बनेको छ । सङ्क्रमणको पछिल्लो अवस्थालाई हेर्दै काठमाडौँ, ललितपुर र भक्तपुरमा स्मार्ट लकडाउनमा थप कडाइ गर्ने निर्णय गरिएको छ । तीनवटै जिल्लाका प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको हो ।

जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :
१. भौतिक उपस्थिति भई गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप गर्दा ।
२. सार्वजनिक निकायमा सेवा प्राप्त गर्न
३. रङ्गशाला प्रवेश गर्ने
४. होटल र रेस्टुरेन्टमा प्रवेश गर्न

खोप लगाएको प्रमाणपत्रको फोटो मोबाइलमा फोटो खिचेर राखेर देखाए पनि हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार