• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

हास्य कलाकार मनोज गजुरेलमाथि ठगी प्रयास !


काठमाडौं। वरिष्ठ हास्य कलाकार मनोज गजुरेमाथि अन्तर्राष्ट्रिय ठग गिरोहबाट ठगीको प्रयास भएकोछ।उनले सामाजिक संजाल फेशबुकमा आफूमाथि ठग्ने प्रयास भएको
जानकारी दिएका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोवाइल स्क्रिन सट सार्वजनिक गर्दै ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन् ।गजुरेलका अनुसार

ठगी गिरोहले फोन गरेर ‘म काैन बनेगा करोडपति मार्केटिङ अफिसर राहुल’ भनेको र उनीसँग कुराकानी अघि बढाउँदा तपाईँको नम्बर भाग्यशाली नम्बरमा १ लाख परेको र उक्त पैसा निकाल्नुअघि तपाईँले पैसा पठाउनु पर्ने भनेको उल्लेख गरेका छन् ।सोका लागि पैसा पठाउनका लागि एनआईसी एशिया, ग्लोबल आइएमई, प्रभू बैंक, इभरेष्ट बैंक इत्यादि प्रयोग गर्न सक्नुहुनेछ भनी बताउँदै यदी नभए खाता खोल्न या खात नम्बर दिलाउन उक्त गिरोहले अनुरोध गरेको उल्लेख गरेका छन् ।तर आफूले ठग भनि पहिचान गरिसकेकोले आफू नफसेको उनले उल्लेख गरेका छन् । नेपालमा चेतनाको कमी, अनभिज्ञता र अर्थिक प्रलोभनका कारण अनलाईन ठगी हुनेहरुको संख्या बढ्दो छ । दिनहुँ जासो यसरी धेरै नेपालीहरु ठगिने गरेको नेपाल प्रहरीलेसमेत बताउदै आएको छ ।

मास्क बैंक पुनः सञ्चालनमा

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो।बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताउनुभयो । उहाँका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो ।

कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो ।बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थिए । सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले बताउनुभयो । यो अभियानलाई सहयोग गर्न समेत उहाँले सबैलाई अपील गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार