• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ १८ गते मंगलवार, यस्तो छ आजको राशिफल


२०७८ माघ १८ गते, मंगलवार, १ फेब्रुअरी २०२२। माघ कृष्णपक्ष, अमावस्या तिथि, ११ः३४ बजेदेखि शुक्ल प्रतिपदा। श्रवण नक्षत्र। चन्द्रराशि– मकर।वि.सं. माघ १८, २०७८ । ई.सं. १ फेब्रअरी २०२२ । शक संवत् १९४३ नेपाल संवत् । ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर । मंगलबार माघ कृष्णपक्ष । तिथि- औंसी, ११:३४ बजे उप्रान्त प्रतिपदा।

नक्षत्र- श्रवण, २०:४३ बजे उप्रान्त धनिष्ठा । योग सिद्धि, ७:१९ बजे उप्रान्त वरियान् । करण- नाग ११:३४ बजेदेखि किंस्तुघ्न, २२:४० बजे उप्रान्त कौलव । चन्द्रराशि मकर । आनन्दादि योग लुम्ब । दिनमान २७।०६ । सूर्योदय ६:५३ । सूर्यास्त १७:४३ । स्नानदान औशी, हलो बार्ने, आर्यघाटमा माधवनारायणमेला, नवलपरासि त्रिवेणि मेला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहन सुख पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धना हात पर्न सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार