• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश निलम्बित, यस्तो छ जबरामाथि लगाइएका २१ आरोप (पूर्णपाठ)


काठमाडौं । संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् ।संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् ।सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका छन् ।

संविधानमा यस्तो लेखिएको छ –

सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

प्रधान न्यायाधीश जबरा लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीविरुद्ध महाअभियोग लगाउनुपर्ने उनीहरुको प्रस्ताव छ ।महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधा,निक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न उनी अक्षम रहेको आरोप लगाइएको छ ।

यसैगरी सर्वोच्च अदालत लगायत न्यायापालिकाभित्र नै उनको कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको महाअभियोग प्रस्तावमा उल्लेख छ ।
हेर्नुहोस् महाअभियोगको पूर्णपाठ–


प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार