• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन २ गते साेमवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन २ गते, साेमवार, १४ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, त्रयाेदशी तिथि, २०ः१३ बजेदेखि चतुर्दशी। पुनर्वशु नक्षत्र, ११ः५५ बजेदेखि तिष्य। चन्द्रराशि– कर्कट।वि.सं. फागुन ०२, २०७८ । ई.सं. १४ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । सोमबार माघ शुक्लपक्ष । तिथि- त्रयोदशी, २०:१३ बजे उप्रान्त चतुर्दशी । नक्षत्र- पुनर्वशु, ११:५५ बजे उप्रान्त तिष्य ।

योग- आयुष्मान्, २१:४७ बजे उप्रान्त सौभाग्य । करण- कौलव ७:२२ बजेदेखि तैतिल, २०:१३ बजे उप्रान्त भद्रा । चन्द्रराशि कर्कट । आनन्दादि योग धुम्र । दिनमान २७।५२ । सूर्योदय ६:४४ । सूर्यास्त १७:५३ । सोमप्रदोषव्रत, सौभाग्यसूर्पदान ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तपाईंको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले विशेष उपहार दिन सक्छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईंको लागि यसपालिको प्रेम दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तपाईंको लागि यसपालिको प्रेम दिवसमा वाणीमा संयमता नअपनाए प्रेम र मनोरञ्जनमा उल्झनको सामना पनि गर्नु पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकमय रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यसपालिको प्रेम दिवसमा साथीले अकस्मात् उपहार दिन सक्छन् । साथी दिनभरी तपाईँसँगै जोडिने र महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अकस्मात् कसैले प्रेम प्रस्ताव राख्न सक्छन् या यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रस्ताव राख्नु उपयुक्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तपाईंको लागि यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन्।नयाँ मायालु व्यक्तिको पहिचान पनि हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने र अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) तपाईंको लागि यसपालिको प्रेम दिवस खुसीले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार