• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन ९ गते साेमवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन ९ गते,साेमवार,२१ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष पञ्चमी तिथि, १९ः४४ बजेपछि षष्ठी। चित्रा नक्षत्र, १६ः२१ बजेदेखि स्वाती। चन्द्रराशि– तुला।वि.सं.
फागुन ०९, २०७८ । ई.सं. २१ फेब्रअरी २०२२ । शक संवत् १९४३।नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । सोमबार फाल्गुण कृष्णपक्ष । तिथि- पञ्चमी, १९:४४ बजे

उप्रान्त षष्ठी । नक्षत्र- चित्रा, १६:२१ बजे उप्रान्त स्वाती । योग- गण्ड, १३:२५ बजे उप्रान्त वृद्धि । करण- कौलव ८:३१ बजेदेखि तैतिल, १९:४४ बजे उप्रान्त वव । चन्द्रराशि तुला । आनन्दादि योग । दिनमान २८।१९ । सूर्योदय ६:३८ ।सूर्यास्त १७:५८ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पनि पूरा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जोशजाँगर बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था भने ठिकै रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार