• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

एमसीसीमा सघाउन देउवाले गरेको आग्रह ओलीद्वारा अस्वीकार, ओलीले भने : कुनै पनि सहयोग हुँदैन


काठमाडौँप्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौता अनुमोदन का लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटवार्तामा अध्यक्ष ‌ओलीले एमालेले ६ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी

नभएको कारण आफ्नो माग पूरा नहुन्जेल सहयोग हुन नसक्ने जानकारी गराएका थिए ।‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो,’ एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।एमालेले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै त्यसको विरोधमा संसद्‍मा नाराबाजी गर्दै आएको छ । भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको बताए ।

जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको रिजालले जानकारी दिए ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।यस्तै काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए । यसअघि ओली र देउवाबीच बालकोटमा गत बिहीबार करिब डेढ घण्टा छलफल भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार