• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन ११ गते बुधवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन ११ गते,बुधवार२३ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष सप्तमी तिथि,१५ः५४ बजेपछि अष्टमी। विशाखा नक्षत्र, १३ः५७ बजेदेखि अनुराधा। चन्द्रराशि– तुला,
८ः१८ बजेदेखि वृश्चिक। वि.सं. फागुन ११, २०७८ । ई.सं. २३ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बुधबार फाल्गुण कृष्णपक्ष

। तिथि- सप्तमी, १५:५४ बजे उप्रान्त अष्टमी । नक्षत्र- विशाखा, १३:५७ बजे उप्रान्त अनुराधा । योग- ध्रुव ८:०३ बजेदेखि व्याघात, २९:०५ बजे उप्रान्त वज्र । करण- वव १५:५४ बजेदेखि वालव, २६:४८ बजे उप्रान्त गर । चन्द्रराशि तुला । आनन्दादि योग धाता । दिनमान २८।२७ । सूर्योदय ६:३७ । सूर्यास्त १७:५९ । अष्टमीव्रत ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगति हुनेछ ।नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बोलीको चातुर्यले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार