• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन १४ गते शनिवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन १४ गते, शनिवार,२६ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष दशमी तिथि, ८ः५४ बजेपछि एकादशी। मूल नक्षत्र, ९ः०७ बजेदेखि पूर्वाषाढा। चन्द्रराशि– धनु।
वि.सं. फागुन १४ , २०७८ । ई.सं. २६ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । शनिबार फाल्गुण कृष्णपक्ष । तिथि- दशमी,

८:५४ बजे उप्रान्त एकादशी । नक्षत्र- मूल, ९:०७ बजे उप्रान्त पूर्वाषाढा । योग- सिद्धि, १९:४४ बजे उप्रान्त व्यतीपात । करण- भद्रा ८:५५ बजेदेखि वव , १९:४४ बजे उप्रान्त गर । चन्द्रराशि धनु । आनन्दादि योग गद । दिनमान २८।३९ । सूर्योदय ६:३४ । सूर्यास्त १८:०१ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कसैले झुटो आश्वासन दिन सक्छन् । सहयोगी र नातागोताको साथ पनि नमिल्ला, तर साँझमा भने केही शुभ समाचार सुन्नमा आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नाम, दाम र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । राजनैतिक चिन्तन बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार