• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमसीसी पारित गर्ने गठबन्धनको निर्णय, बानेश्वरमा चर्कियो आन्दोलन ( लाइभ )


काठमाडौँ — सत्ता गठबन्धनमा समझदारी बनिसकेकाले आइतबारै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गरिने भएकोछ।आइतबार बिहान बसेकाे गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने तयारी छ ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले

अनुमोदनको निर्णय भएकाले आइतबार नै अनुमोदन हुने बताए ।

एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ । बालुवाटार बैठकमा माओवादी केन्द्र र नेकपा एसले मन्त्रिपरिषद् बैठकबाट व्याख्यात्मक टिप्पणी पारित गर्नुपर्ने माग गरेका थिए ।

एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठसहित केही नेताको गम्भीर असहमति
काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् । आइतबार ट्विटरमार्फत नेता श्रेष्ठले पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको बताएका हुन् ।

‘५ दलीय गठबन्धनमा अध्यक्ष क‍. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो ‘निर्णय’ प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ‚’ उनले लेखेका छन्‚ ‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।’

श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका नेताहरू लीलामणि पोखरेल‚ देव गुरुङ‚ कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल लगायत नेताले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता गर्ने निर्णयमा असहमति जनाएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार