• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन १६ गते साेमवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन १६ गते, साेमवार२८ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष त्रयाेदशी तिथि। श्रवण नक्षत्र। चन्द्रराशि– मकर।वि.सं. फागुन १५,२०७८।ई.सं. २८ फेब्रअरी २०२२ । शक संवत् १९४३ ।नेपाल संवत् ११४२ सिल्लाथ्व।राक्षस, उत्तरायण शिशिर । सोमबार फाल्गुण कृष्णपक्ष । तिथि- त्रयोदशी, २६:२४ बजे उप्रान्त चतुर्दशी । नक्षत्र- श्रवण, २८:४५

बजे उप्रान्त धनिष्ठा । योग- वरियान्, १३:४७ बजे उप्रान्त परिघ । करण- गर १५:२२ बजेदेखि वणिज, २६:२४ बजे उप्रान्त चतुष्पद । चन्द्रराशि मकर । आनन्दादि योग काण । दिनमान २८।४७ । सूर्योदय ६:३२ । सूर्यास्त १८:०३ । सोमप्रदोष व्रत ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कलाकारिता र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभ यात्राको योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार