• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन १९ गते बिहीवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन १९ गते, बिहीवार, ३ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, प्रतिपदा तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ।वि.सं. फागुन १९, २०७८ । ई.सं. ३ मार्च २०२२।शक संवत् १९४३।नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बिहीबार फाल्गुण शुक्लपक्ष । तिथि- प्रतिपदा, २२:२५ बजे उप्रान्त द्वितिय । नक्षत्र- पूर्वभाद्रपदा, २६:५८

बजे उप्रान्त उत्तरभाद्रपदा । योग- साध्य, २८:३९ बजे उप्रान्त शुभ । करण- किंस्तुघ्न १०:५० बजेदेखि वव, २२:२५ बजे उप्रान्त तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादि योग मुद्गर । दिनमान २८।५९ । सूर्योदय ६:२९ । सूर्यास्त १८:०५ । पञ्चक, ग्याल्पो लोसार ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ पनि हुने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार