• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन २२ गते आइतवार, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ फागुन २२ गते, आइतवार, ६ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, चतुर्थी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष।वि.सं. २०७८ फाल्गुन २२ गते आइतवार तदनुसार ई. सं. २०२२ मार्च ०६ तारिख,राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय

: बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, चन्द्रोदय : बिहान ०८:५४ बजे र चन्द्रास्त : बेलुका ०८:२३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, फाल्गुन शुक्लपक्षको चतुर्थी (चौथी) तिथि, बेलुका १०:३३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अश्विनी नक्षत्र, मध्यरात्रीपछि ०५:१३ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ ।उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक र समाजसेवामा सफलता मिल्नेछ । शुभयात्राको योजना बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार