• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

संसद विघटन र अर्ली इलेक्सन : सत्ता पक्ष नै विभाजित !


संसद विघटन र अर्ली इलेक्सनका बारेमा सत्तारुढ दलकै नेताहरूबाट विपरित धारणा सार्वजनिक भएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताले अर्ली इलेक्सनको कुनै सम्भावना नभएको बताइरहँदा अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने संसदको अवरोध जारी रहे संसद विघटन र अर्ली इलेक्सनको विकल्प नभएको बताएका हुन् ।

आइतबार संसद भवन परिसरमा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका नेता नेपालले एमालेले संसद अवरोध जारी राखे अर्ली इलेक्सनको विकल्प नहुने बताएका हुन् भने माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्ली इलेक्सन सम्भव नरहेको बताएका हुन् ।‘संसद चल्न पनि नदिने, भत्तासत्ता खाने, केही गतिविधि गर्न पनि नदिने, संसद्मा केपी ओलीको वितण्डाको सामना गर्नलाई यसलाई भंग गर्दिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ रहन्छ अनि चुनावमा जाने’, अध्यक्ष नेपालको भनाइ छ ।तर माओवादी केन्द्रका नेता वर्षमान पुनले भने नेता नेपालको भनाइको खण्डन गर्दै अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् । ‘५ बर्षमा संघीय, प्रदेश र स्थानीय चुनाव हुने गर्छ, यो संवैधानिक व्यवस्था छ । यसरी हेर्दा अर्ली इलेक्सनको अव सम्भावना छैन’, नेता पुनको भनाइ छ । तर उनले मंसिर लागेपछि भने संसदको निर्वाचन गर्न सकिने बताए ।

स्थानीय तहको चुनाव सार्नेबारे छलफल भइरहेको छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आगामी वैशाखको स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका हुन् । स्थानीय तह निर्वाचन सार्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘ अब म भन्न सक्दिन, त्यो पनि कुरा चलिरहेको छ ।’ उनले प्रतिनिधिसभा भंग गरेर जानुपर्ने पनि बताए । यद्यपि स्थानीय तहको निर्वाचनपछि भंग गरेर जाने या त्यसअघि नै भन्नेबारे चाहिँ उनले स्पष्ट पारेनन् । यो विषय सत्ता गठबन्धनमा छलफल गरेर प्याकेजमै टुंगो लगाइने उनले बताए ।

प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेकाले अब विघटनमा जानु नै उत्तम हुने उनको भनाइ छ । ‘संसद विघटनबारे हल्ला त चल्नु स्वभाविकै हो नि । संसद चल्न पनि नदिने केही गतिविधि गर्नै नदिने । हाउसलाई पंगु बनाउने र भत्ता सत्ता मात्रै खाने’, उनले भने, ‘हामीलाई पनि हैरान पार्ने, अब केपी ओलीको वितण्डालाई सामना गर्न यसलाई भंग गरिदिने । न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । अनि चुनाव भइहाल्छ ।’बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले भने अर्ली इलेक्सनमा जान नसक्ने धारणा राखे । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।

उनले भने, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मङसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन । साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’यसैगरी एमाले नेता सुवास नेम्वाङले भने विगतमा आफूहरु अर्ली इलेक्सनको पक्षमा भएपनि अब भने सरकारले निर्णय गरेमा पनि आफूहरु सोच्न बाध्य हुने बताए ।

अर्ली इलेक्सनको सम्भावना नै छैन : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताएका छन् । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।

संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मङसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन । साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’

उनले ५.६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेको अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए । सो क्रममा उनले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको नभएको बताए । कानुनी रुपले र संवैधानिक रुपले पनि वैशाख महिना नै निकै ‘टाइट’ रहेको उनले बताए । -न्युज कारखाना

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार