• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

११ वर्षीय युक्रेनी बालक एक्लै एक हजार किलोमिटर हिडेर छिमेकी स्लोभाकिया पुगे


काठमाडौँयुक्रेनमा रुसी युद्धमाझ ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेकाछन्।आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् ।आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए।ती बालक दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया क्षेत्रका बासिन्दा भएको बताइएको

छ । सो क्षेत्रमा रहेको एउटा आणविक केन्द्रलाई रुसी फौजले गत साता नियन्त्रणमा लिएको थियो । समाचार विवरणअनुसार विरामी आफन्तको हेरचाह गर्न उनका अभिभावक युक्रेनमै बस्नु परेको थियो । आफ्नो अविस्मरणीय यात्रा पूरा गरेको भन्दै उनलाई स्लोभाकियाली गृहमन्त्रालयले ‘पछिल्लो रातको सबैभन्दा ठूलो नायक’ भनेको छ । विवरणअनुसार बालककी आमाले एउटा रेल चढाएर स्लोभाकिया पठाएकी थिइन, जहाँ उनले आफ्ना नातेदार फेला पार्न सकुन् ।उनीसँग एउटा प्लाष्टिकको झोला, पासपोर्ट र पट्टयाइएको नोटमा एउटा सन्देश लेखिएको थियो । ठेगानासहितको कागज लिएर स्लोभाकिया पुगेपछि सीमामा खटिएका अधिकारीहरुले राजधानी ब्राटिस्लाभामा रहेका उनका आफन्तजनहरुलाई सम्पर्क गर्न सहज भएको थियो । उनीहरुले लगत्तै त्यहाँ उनका आफन्तहरुलाई सुम्पिदिएका थिए । छोराको हेरविचार गरेकोमा बालककी आमाले स्लोभाक सरकार र प्रहरीलाई धन्यबाद दिएकी छिन् । स्लोभाकियाका गृहमन्त्रीले फेसबुकमा बालकबारे कमेन्ट गर्दै उनको ‘निडर र दृढता’को प्रशंसा गरेका छन् ।

युक्रेनमा युद्ध मैदानमै दुई सैनिकले गरे विवाह

युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । दिनहुँ रुसको बमबारीले युक्रेनको राजधानी किएभ भताभुङ्ग भएको छ । युक्रेनी सेना रुसको सेनाविरुद्ध लडिरहेका छन् । तर, यहीबीचमा किएभ नजिकैको क्षेत्रमा क्षेत्रीय रक्षा बलका दुई सैनिकले विवाह गरेका हुन् ।

बम पड्केको आवाजकाबीच विवाह सम्पन्न भएको छ । सामान्यतया अरु बेला हुने विवाह उत्सवभन्दा विल्कुलै फरक अवस्था र परिस्थितिमा विवाह सम्पन्न भएको छ । युद्धका कारण गर या मरको अवस्थामा उनीहरुले विवाहको निणर्य लिनुलाई आश्चर्य समेत मानिएको छ । लिसया फिलिमोनोभा र भलेरी फिलिमोनोभ वलेरीले सानो जमघटमा विवाह गरेका हुन् । यो विवाह उत्सवले उनीहरु र उनीहरुको साथीलाई केहीबेर भए पनि खुशी मिलेको खबरमा भनिएको छ ।

उनीहरुका साथीले अप्ठ्यारोकाबीच पनि बजागाजा बजाएर रौनक बढाएका थिए । सेनाका विवाह गर्ने जोडी नै रुसविरुद्ध युद्धमा छन् । उनीहरुले युनिफर्म लगाएर नै विवाह गरे । विवाहपछि नव दुलहा र दुलही फेरि पनि रुसविरुद्धको युद्धमा जुटेका छन् । ११ दिनसम्मको युद्धले त्रासमा रहेका त्यहाँका नागरिकलाई विवाहको यो खबरले केही खुशी दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार