• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

फेरि पनि अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, कुटपिटपछि गाउँपालिकाको कार्यालय बन्द


वीरगन्ज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच कुटाकुटपछि उपाध्यक्षले अध्यक्षको दाँत झारिदिएको घटना सेलाउन नपाउँदै पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाको नयाँ घटना बाहिर आएको छ ।आइतबार दिउँसो गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवाल र उपाध्यक्ष फुलमती कुमारी थरुइनबीच विवादका क्रममा कुटाकुट भएको हाे।

अध्यक्ष जैसवालसँग गाउँपालिकाभित्र भएको विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षको समूहले आफूमाथि हातपात भएको उपाध्यक्ष चौधरीले बताएकी छन् ।तर, अध्यक्ष जैसवाल भने त्याे मान्न तयार छैनन् । उपाध्यक्षले लगाएको सबै आरोप झुटो भएको उनले बताएका छन् । उनका अनुसार मेरो समूहले उनीमाथि हातपात गरेको होइन उल्टै उपाध्यक्ष थरुइन्ले पानीको बोत्तलले मलाई प्रहार गरेकी हुन् ।सोमबार अध्यक्ष जैसवालले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरी आफूमाथि दूव्र्यवहार भएको आरोप लगाएका हुन् । तर, उपाध्यक्ष थरुइनले भने अध्यक्षको समूहले आफूमाथि आक्रमण गरेको ढिपी कसिन् ।उपाध्यक्ष थरुइनले आफूलाई शरीरमा निलडाम बस्ने गरी कुटपिट गरिएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिने पनि बताएकी छन् । आइतबार दिउँसो भएको झगडा सोमबारसम्म नमिल्दा सोमबार दिनभर गाउँपालिकाको कार्यालय बन्द गरिएको त्यहाँका एक कर्मचारीले जानकारी दिए ।

याे पनि :
उपाध्यक्षले अध्यक्षको दुईवटा दाँत भाँचिदिएपछि पनि रोकिएनन्


सप्तरी । देश र जनताको सेवा गर्न पठाइएका जनप्रतिनिधि जुधेपछि उनीहरुबाट के आशा राख्ने ? एउटा सानो विषयमा विवाद हुँदा झगडा गर्नेले देशभित्रका जनताको मर्का के बुझ्छन् ? सुन्दा पनि लाज !प्रसंग हो, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको । मंगलबार किसानका लागि ल्याइएको बिऊ बिजन वितरण गर्ने कार्यक्रम थियो । वितरण कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष उपस्थित हुने नै भए ।

बैठकमा अध्यक्ष सूर्यनारायण मण्डलले केही वडामा मात्र बिऊ बिजन वितरण गर्ने सुनाए । तर, उनको उक्त योजनाविरुद्ध उपाध्यक्ष उषादेवी मण्डल उत्रिए । उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बिऊ बिजन वितरण गर्नु पर्ने अडान लिइन् ।तर, उनको कुरा अध्यक्ष मण्डलले मान्दै मानेन् । त्यसपछि विवाद सिर्जना भयो । बिऊ बिजन वितरण गर्ने विषयको विवाद अन्ततः गालीगलौ हुँदै हातपातको स्थितिमै पुग्यो ।रिसले चुर भएकी उपाध्यक्ष मण्डल अध्यक्ष मण्डलमाथि जाइ लागिन् । कुर्सी उचालेर अध्यक्षमाथि प्रहार गर्न थालिन् । अध्यक्ष पनि के कम उनले पनि कुर्सी उचालेर उपाध्यक्षमाथि प्रहार गर्न थाले ।

दुबैबीचमा कुटाकुटकै क्रममा उपाध्यक्षले अध्यक्षको दुईवटा दाँत नै भाँचिदिइन् । दाँत भाँचिएपछि रगत बग्न थाल्यो तैपनि अध्यक्ष कुटपिटबाट हटेनन् । कुटपिटकै क्रममा अध्यक्षको हातमा पनि चोट लागेको छ ।कुटपिटका क्रममा अध्यक्षको दाँत भाँचिए पनि उपाध्यक्षको हातमा मात्र चोट लागेको जिल्ला समन्वय समितिले जनाएको छ ।

अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका हुन् भने उपाध्यक्ष त्यहीँ पार्टीबाट विभाजित भई निर्माण भएको लोकतान्त्रिक समाजवादी पार्टीका हुन् ।मंगलबार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरिद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी वितरण गर्ने भन्ने निर्णय नभई कुटाकुट भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार