• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन २५ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ फागुन २५ गते,बुधवार, ९ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, सप्तमी तिथि। कृत्तिका नक्षत्र, ९ः०७ बजेदेखि राेहिणी। चन्द्रराशि– वृष। वि.सं. फागुन २५, २०७८ । ई.सं. ९ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बुधबार फाल्गुण शुक्लपक्ष । तिथि- सप्तमी, २६:५८ बजे उप्रान्त अष्टमी । नक्षत्र-

कृत्तिका, ९:०७ बजे उप्रान्त रोहिणी । योग- विष्कम्भ, २५:४२ बजे उप्रान्त प्रीति । करण- गर १४:०० बजेदेखि वणिज, २६:५८ बजे उप्रान्त वालव । चन्द्रराशि वृष । आनन्दादि योग सिद्धि । दिनमान २९।२४ । सूर्योदय ६:२२ । सूर्यास्त १८:०८ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विद्यामा पनि सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट पनि लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका वैदेशिक कार्य अघि बढ्नेछ । शेयर मार्केटमा पनि सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार